बिहिबार सामाजिक सञ्जालमा चर्चा छ, वलिउड सुपरस्टार सलमान खान को घाँटीमा झुँडिएको जुत्ताको मालाको । ईदमा रिलिजको लागी तयार उनको पछिल्लो फिल्म ‘ट्युवलाईट’को फर्स्टलुक पोस्टर रिलिज हुँदै गर्दा यस्तो पोस्टर बाहिरियो, जहाँ सलमानको घाँटीमा जुत्ताको माला देख्न सकिन्छ ।
बुधबार दिउँसो फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर हेर्दा फन्नी लाग्छ । जहाँ जुत्ताको माला लगाएका सलमानले ‘सल्युट’ हानिरहेका छन् ।
कबिर खान निर्देशित फिल्मले काश्मिरको कथा बोल्छ । फिल्म बर्ष २०१७ को प्रतिच्छितको सुचीमा परिसकेको छ ।