पछिल्लो पुस्तामा वलिउडमा छोटो समयमै अनि कम फिल्म खेलेर नै तहल्का पच्चायो भने त्यो नाम हो टाईगर श्राफ । ‘सिक्स प्याक बडी’, खतरनाक रियल स्टण्ड सहितका धमाकेदार प्रस्तुतीले चर्चामा आएका टाईगर अब भने हलिउड फिल्मको रिमेक भर्सनमा देखिने भएका छन् ।
पछिल्लो पटक स्टुडेण्ट अफ दि ईएर अनि मुन्ना भाईको सुटिङमा व्यस्त टाईगर सिलवेस्टर स्टलोन स्टारर हलिउड फिल्म ‘रेम्बो’मा देखिने पक्का भएको छ । फिल्मको हिन्दी टाईटल तय हुन बाँकी भनिएको छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।
‘रेम्बो’को रिमेक भर्सनमा देखिन लागेका टाईगर श्राफले उक्त प्रोजेक्टको लागी फोटोसुट गरिसकेका छन् । फिल्म हिन्दी भर्सनमा बन्नेछ । फिल्म यसै बर्ष रिलिज हुनसक्ने बताईएको छ । तर अहिलेसम्म पनि टाईगरको अपोजिटमा कुन अभिनेत्री देखिने भन्ने पक्का छैन् ।