वलिउड सुपरस्टार आमिर खान अवार्ड समारोहका बिरोधी मानिन्छन् । बर्षभरी हुने दर्जन बराबर अवार्ड समारोहमा उनि कहिँकतै देखिँदैनन् । सकभर आफु जोडिएका फिल्मलाई सामेल समेत गराउन नचाहने आमिर १६ बर्षपछि अवार्ड थाप्न उपस्थित भएका छन् ।
७५ औं मास्टर दिनानाथ मंगेशकर अवार्ड समारोहमा आमिर उपस्थित हुनुले वलिउड तताएको छ जहाँ उपस्थित भएर आमिरले पछिल्लो रिलिज ‘दंगल’लाई दिएको अवार्ड थापेका थिए । सन् २००१ मा ‘लगान’ फिल्म अस्कर पुग्दा देखिएका आमिर त्यसयता बल्ल देखिएका हुन् ।
वलिउड मिडियाले लेखेको समाचार अनुसार लता मंगेशकरको विशेष निम्तोमा आमिर पुगेका थिए ।