यसअघि जेठ ५ मा रिलिज तय भएको फिल्म ‘कारखाना’ अब उक्त मितिमा नआउने भएको छ । निर्देशक अमरद्विप सापकोटाले अब फिल्मको रिलिज असार महिनाको १६ लाई लक भएको पुष्टि गरे ।
त्यसो त यो फिल्म अघिल्लो बर्ष नै रिलिजको चर्चा थियो । तर पटक पटक सरेको रिलिज अब असारमा कन्फर्म भएको हो । फिल्मको टिजर यसअघि नै सार्वजनिक भईसकेको छ भने फिल्ममा समावेश एक गीत ‘मायाले बोलेको’ यसअघि नै हिट भईसकेको छ ।
महिला प्रधान भनिएको फिल्ममा सुशिल श्रेष्ठ, बर्षा शिवाकोटी र जेबिका कार्की लिड अभिनयमा छन् । निर्देशक सापकोटाले फिल्मको ट्रेलर केहि दिनमा नै सार्वजनिक गर्ने बताएका छन् ।