जेठ १२ लाई प्रदर्शन मिति तय गरेर केहि दिन पहिले रिलिज गरिएको फिल्म ‘पर्व’को ट्रेलर यतिबेला चर्चामा छ । सस्पेन्स हरर थ्रिलर जनराको ट्रेलरले सार्वजनिक भएको तीन दिनमा नै युट्युवको नेपाल ट्रेण्डिङमा पहिलो स्थान ओगटेको छ ।
यसअघि यहि फिल्मको सार्वजनिक गीत ‘काले दाई’ले लामो समयसम्म पहिलो स्थान कब्जा गरेको थियो, गीत यतिबेला १ करोडको भ्यूअर्स माईलस्टोन पार गर्ने तयारीमा छ । गीत हिट भईसक्दा आएको ट्रेलरलाई धेरैले मन पराएका छन, कमेन्टमा उत्कृष्ट प्रतिक्रिया व्यक्त गरेका छन् ।
दिनेश राउत निर्देशित फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माल लिम्बु र जेविका कार्की लिड अभिनयमा छन् । सुवास गिरी र नीकिता पौडेलले फिल्म निर्माण गरेका हुन् ।