मुम्बई(एजेन्सी) । दुईवटा सिजन सञ्चालन गरेका बलिउड अभिनेता सलमान खान पुनः ‘दशका दम’ नामक टेलिभिजन शोमा फर्किने भएका छन् । वेभसाइड डीएनएका अनुसार कपिल शर्माले सञ्चालन गरिरहेको ‘द कपिल शर्मा शो’को ठाउँमा सलमान खान ‘दशका दम’ लिएर आउँदैछन् । सञ्चारमाध्यमले यो शोलाई लिएर सलमान खानको सम्बन्धित च्यानलसँग अन्तिम चरणको कुरा भइरहेको बताएका छन् । यदि सबै ठूला ठिकठाक रह्यो भने ‘दशका दम’को सिजन ३ जुलाईदेखि शुरु हुनेछ । सन् २००८ देखि सन् २००९ सम्म यस रियालिटी शोको पहिलो दुईवटा सिजन प्रसारण भइसकेको छ ।
खस्किदो लोकप्रियताका कारण कपिल शर्माको शो कमेडी नाइट्स विथ कपिल बन्द हुन सक्ने सम्भावना बढेर गएको छ । सुनिल ग्रोभर, चन्दन प्रभाकर र अलि अजगरले जबदेखि ‘द कपिल शर्मा शो’ छोडे, यसको लोकप्रियता दिन प्रतिदिन खस्कँदै गईरहेको छ । कुनै बेला नम्बर एक र दुई स्थानमा रहेको यो शो अहिले टप १० को लिष्टबाट पनि बाहिर छ । यो महिनाको शुरुवात देखि नै कपिल शर्मालाई टिभि च्यानलले यदि उनले आफ्नो पुरानो अवस्थामा शोलाई फर्काउन सकेनन् भने उनले शो छाड्नुपर्ने चेतावनी दिएको थियो । जसका लागि च्यानलले कपिललाई एक महिनाको समयसिमा उपलब्ध गराएको छ । यो एक महिनाभित्र उनले आफ्नो पूर्ववत अवस्थामा शोको लोकप्रियता बढाउनुपर्नेछ । च्यानलले कपिललाई दबाब दिँदै उनको शोबाट बाहिरिएका सुनिल र अलि अजगरलाई पनि भित्र्याउनु पर्ने अडान राखेको छ । होइन भने उनको शो बन्द गर्न च्यानल बाध्य हुनेछ ।
कपिल शर्माको प्रयासको बाबजुद पनि उनले सुनिल र अलि अजगरलाई आफ्नो टिममा ल्याउन सफल भएनन् । यहाँहरुलाई जानकारी गराऔं कि कपिल शर्माको शोको लोकप्रियता सुनिल, चन्दन र अलि अजगरले छोडेको दिन देखिनै खस्कँदै गएको थियो । आउँदो मे महिनामा कपिल शर्मा र टिभि च्यानलको सम्झौता पनि पुरा हुन गईरहेको छ । ताजा रिर्पोटका अनुसार च्यानल कपिल शर्माको कमेडी नाइट्स विथ कपिललाई नविकरण गर्ने मुडमा छैन ।