काठमाडौं । आफ्नो नाममा स्थापित धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ जापानमा आयोजना हुन लागेको धुर्मस सुन्तली साँझ २०१७ मा सहभागी हुन चर्चित हाँस्य कलाकारद्वय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ शुक्रबार जापान जाँदैछन् । ३० अप्रिलमा टोकियोमा आयोजना हुने कार्यक्रममा सहभागीता जनाउन उनीहरु शुक्रबार दिउँसो जापान जान लागेका हुन् ।
कार्यक्रममा पपगायक दीपक बज्राचार्य, सञ्चारकर्मी दिनेश डिसी, दीपक आचार्य (बाँगे बा) पनि सहभागी हुँदैछन् । फाउन्डेसनले भूकम्पपीडित र मुसहर बस्ती निर्माणमा दुई वर्षदेखि सक्रियता देखाइरहेको छ । कार्यक्रममा कलाकार धुर्मुस सुन्तलीलाई सम्मान पनि गरिनेछ ।