काठमाडौं । विभिन्न उमेर र वर्गका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले राजधानीमा फरक फरक उमेरका बालबालिका तथा किशोर किशोरीका बिच लिटिल मिस एण्ड मास्टर नेपाल आइकन २०१७ प्रतियोगिता आयोजना गरेको छ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताअन्र्तगत ८ देखि १२ वर्षका बालकहरुको स्पर्धामा सचिन राई विजेताका साथमा मिस्टर ह्याण्डसम र मष्ट एक्टीभ, बिवेक गजुरेल फष्ट रनर्सअपका साथमा मष्ट पपुलर, दिक्षित थापामगर सेकण्ड रनर्सअपका साथमा बेष्ट पर्सनालिटी घोाषित भए भने आर्कषण श्रेष्ठ मिस्टर क्याटवाक, निक्सन बखती मष्ट ट्यालेन्ट, मष्ट चार्मीङ्ग, फेसबुक च्वाइस र मष्ट फोटोजेनिक, राजु लामा मष्ट फ्रेण्डली तथा राजन तामाङ्ग मष्ट डिसिप्लेन भए।
त्यसै गरी ८ देखि १२ वर्षसम्मका बालिकाबिचको स्पर्धामा दिया श्रेष्ठ विजेताका साथमा मष्ट पपुलर र मष्ट ट्यालेन्ट, रक्षा गजुरेल फष्ट रनर्सअपका साथमा मष्ट कन्फिडेन्ट, जीया पौडेल सेकेन्ड रनर्सअपका साथमा मष्ट कन्जिनियालिटी, गरिष्मा नेपाल थर्ड रनर्सअपका साथमा बेष्ट स्कीन भए भने सरायु साउद मिस क्याटवाक र फेसबुक च्वाइस, जिस्ना ग्यानी मगर बेष्ट हेयर, सीम्रिका श्रेष्ठ बेष्ट पर्सानालिटी, अंकिता थापा मष्ट चार्मिङ्ग, लुइस महर्जन मष्ट पे्रmण्डली, नृत्या लम्साल मष्ट ब्युटीफुल र मष्ट फोटोजेनिक, सुप्रिया पराजुली मष्ट डिसिप्लेन, सिइमा मल्ल मष्ट एक्टीभ, सुहाना श्रेष्ठ म्यानेजमेन्ट च्वाइस, जोस्ना आर्चाय भिवर्स च्वाइस, रजना आचार्य क्युट बेबी अफ द इयर, जेनिसा दंगाल बेष्ट स्माइल तथा आरजु खरेल मष्ट पञ्चुयल भए।
त्यसै गरी १२ देखि १५ वर्ष उमेर समूहका किशोरहरुबिचको स्पर्धामा अबेस उर्ग विजेताका साथमा मष्ट ट्यालेन्ट र मष्ट फोटोजेनिक, सरगम थापा मगर फष्ट रनर्सअपका साथमा मिस्टर ह्याण्डसम, आभास पुन मगर सेकेन्ड रनर्सअपका साथमा मष्ट पपुलर, मष्ट एक्टीभ र फेसबुक च्वाइस, शिभम् तामाङ्ग मिस्टर क्यावाक तथा बिजय तामाङ्ग बेष्ट पर्सनालिटी भए।
१२ देखि १५ वर्ष उमेर समूहका किशोरीहरुबिचमो प्रतियोगितामा भने अनुसा दंगाल विजेताका साथमा मष्ट पपुलर र मष्ट कन्फीडेण्ट, सम्पदा गौतः फष्ट रनर्सअपका साथमा मष्ट फोटोजेनिक, सुदिक्षा अधिकार सेकेन्ड रनर्सअपका साथमा भिवर्स च्वाइस, श्रृति बस्नेत थर्ड रनर्सअपका साथमा मष्ट फ्रेण्डली भइन्। यो समूहको स्पर्धामा स्मृती कार्की मिस क्याटवाक, पुष्पा गुरुङ्ग मिस ट्यालेन्ट, शुसिला रानामगर बेष्ट हेयर, बार्षा थापा मगर बेष्ट स्कीन, सलेनी अधिकारी बेष्ट पर्सनालिटी र बेष्ट स्माइल, मिस्टी तामाङ्गः मष्ट चार्मीङ्ग र फेसबुक च्वाइस, समृद्धी तिमल्सीना मष्ट ब्युटीफुल, मुना श्रेष्ठ मिस कन्जिनियालीटी, सुजिता कार्की मष्ट डिसिप्लेन, अञ्जना लामा मष्ट एक्टीभ, सबिना तामाङ्ग मेनजमेन्ट च्वाइस र स्नेहा मानन्धर मष्ट पंचुअल चुनिए।
कोरियोग्रफार अश्विनी झाको कोरियोग्राफी र कार्यक्र सञ्चालनमा सम्पन्न प्रतियोगितामा प्याबसन उपाध्यक्ष ईश्वरबहादुर गुरुङ्ग, हास्य कलाकार सुरेन्द्र केसी (मुला साग), समाजसेवी आसिस प्रसाई, टिचर आइकन बिजेता सन्ध्या केसी नृत्यांगना पार्वती राई, फिल्म निर्देशक राजु अधिकारी, इभेन्ट निर्देशक निशुकान्त झा, संगीतकार सरोज प्याकुरेल र सञ्चारकर्मी सुर्य चन्द निर्णायक रहेका थिए।
कार्यक्रममा सुरेन्द्र केसी (मुला साग) ले हास्यव्यग्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए भने विच विचमा विभिन्न बालबालिका नृत्य र गायन कला प्रस्तुत गरेका थिए। स्कुले विद्यार्थीको बिदाको समयलाई सदुपयोग गराउँदै आत्मविश्वास र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक लबबहादुर कार्कीले बताए।