लसएञ्जल्स(एजेन्सी) । आफ्नो उत्तेजक अनुहारका लागि प्रख्यात मोडल क्रिस्टिना मार्टेलीको प्लाष्टिक सर्जरी गराउँदा गराउँदै मृत्यु भएको छ । समाचार अनुसार क्युबेकमा जन्मेहुर्केकी १७ वर्षीया यी मोडलले शरीरमा सय पटक प्लाष्टिक सर्जरी गराएकी थिईन् । १ सय १ औं पटकको प्लाष्टिक सर्जरी गर्दा उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।
एक वेभसाइटसँगको अन्तरवार्तामा क्रिस्टिनाले प्लाष्टिक सर्जरीले आफ्नो शरीरमा नयाँ किसिमको बदलाव आएको बताएकी थिइन् । उनले आफ्नो शरीर अन्य महिला भन्दा अलग किसिमको देखाउनका लागि कुनै पनि अंगको सर्जरी गर्न आफु तयार रहेको जनाएकी थिइन् ।
हिपको सर्जरीको समयमा उनको हृदयघातका कारण निधन भएको थियो । आफ्नो मृत्यु अघि सबै किसिमको सर्जरीका बारेमा उनले बताएकी थिईन् । उनले प्लाष्टिक सर्जरी एउटा यस्तो प्रक्रिया हो, जुन सबैका लागि आवश्यक छ भन्दै अन्य महिलालाई पनि प्लाष्टिक सर्जरीका लागि प्रोत्साहन गर्थिन् ।
आफ्नो छोटा करियरमा उनले नाक, फेस फिलर्ससँगै कैयौंपटक ब्रेष्टको पनि सर्जरी गराएकी थिइन् । उनको इन्स्टाग्राममा ६ सय २० हजार फलोअर्स थिए ।