दुई दिन पहिले रिलिज फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को टिजरले युट्युवमा लोकप्रियता बढाउँदै लगेको छ । रिलिजको केहि घण्टामै युट्युवको नेपाल ट्रेण्डिङमा ‘टप टेन’मा स्थान जमाएको टिजर यो समाचार तयार पार्दासम्म तेश्रो नम्बरमा रहँदा यसको वार वलिउड सुपरस्टार सलमान खानको ‘ट्युवलाईट’ टिजरसँर परेको छ ।
सँगसँगै जस्तो रिलिज भएका यी दुई फिल्मका टिजरको वार युट्युवमा यस्तो पर्यो कि, कुनै बेला ‘ग्याङ्गस्टर ब्लूज’ माथी त कुनै बेला ‘ट्युवलाईट’ । सोमबार बिहान ट्युवलाईट टिजर ४ नम्बरमा रहँदाग्याङ्गस्टर ब्लूज ३ नम्बरमा थियो । तर दिउँसो सलमानको फिल्मको टिजर खोजीमा बढि पाईँदा यो टिजरले पहिलो स्थान कब्जा गरेको छ । उता ‘ग्याङ्गस्टर’को खोजी पनि उत्तिकै छ । ४० नम्बरबाट १० हुँदै, ६ नम्बर पुगेर चौथो हुँदै तेश्रो स्थान जमाएको यो फिल्मको टिजर प्रति दर्शकको चासो थप बढ्दो छ ।
हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को टिजर प्रति युट्युवमा उत्साहजनक कमेन्ट व्यक्त भएका छन् । धेरैले फिल्मको गीत र टिजरको पर्खाईका शब्दहरु व्यक्त गर्दा डेब्यू ब्वाई आशिरमान देशराजलाई भोलीको सुपरस्टार समेत लेखिएको छ ।
सरोज न्यौपाने निर्मित फिल्ममा आशिरमानसँगै आना शर्मा, संयम पुरी र रोजिशा शाही ठकुरी लिड अभिनयमा छन् । फिल्म भदौ २ मा रिलिज हुनेछ ।