काठमाडौ महानगरपालिका वडा नं.१० को अध्यक्षका उम्मेद्वारमा नेपाली कांग्रेसका तर्फवाट लोकप्रिय र जुझारु नेता रामकुमार के.सी. चुनावी मैदानमा होमिएका छन् ।
स्थानीय स्तरमा निकै लोकप्रिय जुझारु र समाजसेवीको छवि बनाएका केसीले वडा नम्बर १० लाई सम्बृद्ध बनाउन विभिन्न एजेण्डा अघि सारेका छन् । यी मध्ये वडा नम्बर १० लाई निशुल्क वाईफाईको व्यवस्था गर्ने उनको प्रमुख एजेण्डा छ ।
के.सी चुनावी अभियानमा अहिले घरदैलो कार्यक्रम तथा भेटघाट गरिरहेका छन् ।लामो समयदेखि राजनीतिमा लागेका केसी आफ्ना समकक्षीहरु सबै व्यपारमा लागेको तर आफु भने समाजसेवा र समाजविकासको लागि राजनीतिमा लागेको बताउछन् । एक समय कुशल क्रिकेटरका रुपमा पनि १० वडाका स्थानीय बासिन्दाले के.सी.लाई चिन्ने गरेका छन् ।
त्यसो त १० नम्बर वडा नेपाली कांग्रेसको गढ नै मानिन्छ । यो वडा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ । समय र बदलिदो परिस्थिति अनुकुल चल्नुपर्ने मान्यता राख्ने उम्मेद्वार के.सी. प्रष्ट वक्ताको रुपमा पनि परिचित छन् । कसैप्रति अन्याय नगर्ने तर कसैले अन्याय गरे कुनैपनि हालतमा नसहने स्वभावका कारण पनि के.सी. स्थानीय माझ निकै परिचित छन् ।