मुम्बई(एजेन्सी) । बलिउडमा ‘बाहुबलीः द बिगिनिंग’ र ‘बाहुबलीः द कन्क्लूज़न’को रिलिजले भारतीय फिल्म उद्योगमा रेकर्डको वर्षा नै गराइदिएको छ । यो फिल्म परिलिज पछि बलिउडमा अब यस्तो फिल्म सायद लामो समयसम्म बन्दैन होला भन्ने अनुमान सबैले लगाएका थिए ।
हलिउड फिल्म ‘स्टार वॉर्स’, ‘ट्रांसफॉर्मर’, ‘एक्स मैन’ जस्ता फिल्मसँग जोडिएका नमित मल्होत्रा, मधु मंटेना र बलिउड फिल्म ‘गजनी’का निर्माता अल्लू अरविंद सहकार्य गर्दै ५ सय करोडको थ्रीडी फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्म भारतीय महाकाव्य ‘रामायण’मा आधारित एक्सन फिल्म हुनेछ, जुन हिन्दी, तेलुगु र तमिल भाषामा निर्माण गरिनेछ ।
समाचार अनुसार फिल्म ‘बाहुबली’ दुई सिरिजमा रिलिज भइरहँदा यो फिल्म तीन सिरिजमा बन्नेछ । ‘यो एक ठूलो जिम्मेवारी हो, तर रामायणलाई ठूलो पर्दा भव्यताका साथ प्रस्तुत गर्नुपर्ने हुन्छ, हामी एउटा राम्रो रचना प्रस्तुत गर्न कटिबद्ध छौं ।’ अरविन्दले भनेका छन् ।
फिल्म निकट स्रोतका अनुसार तीन निर्माता लामो समयदेखि फिल्मको काममा व्यस्त छन् । चुंकि रामानंद सागरको ‘रामायण’ पछि २००८ मा सागर आर्ट्सको ‘रामायण’ सिरियल आएको थियो ।
नमितले आफुले जहिल्यै पनि भारतीय फिल्मको स्तर बढाउन चाहेको बताएकी छन् । उनको कम्पनी प्राइम फोकसले ‘गोस्टबस्टर्स’, ‘स्टार वार्स’, ‘ट्रांसफॉर्मर, ‘एक्स मैन’, ‘द मार्शन’ जस्ता ठूला फिल्म स्टीरियो कन्वर्जन र विजुअल इफेक्ट्सको काम हेरिसकेको छ ।