लण्डन(एजेन्सी) । पूर्व चर्चित फूटबल स्टार डेबिट बेकह्यामले आफ्नी पत्नी तथा गायिकाबाट डिजाइनर बनेकी भिक्टोरिया बेकह्यामका लागि एउटा द्वीप किनिदिने भएका छन् ।
एजेन्सीका अनुसार भिक्टोरियासँग पहिलो पटक भेटेको २० औं वार्षिकोत्सवका अवसरमा डेबिटले भिक्टोरियालाई उपहार स्वरुप द्वीप दिन लागेका हुन् । डेबिट हाल भिक्टोरियाका लागि उपयुक्त द्वीपको खोजीमा जुटेका छन् । यो जोडीको ब्रूकलिन, रोमियो, क्रूज र हार्पर नामका चार सन्तान छन् ।
पापराजीले दिक्क बनाएपछि डेबिटले भिक्टोरियालाई उपहार स्वरुप दिएको द्वीपमा बस्ने योजनासमेत बनाएका छन् ।