बर्ष २०७४ को लागी सर्वाधिक प्रतिक्षाको फिल्म हो ‘कृ’ । युवा स्टार अनमोल केसी लिड अभिनयमा रहेको यो फिल्म निर्माण घोषणा समयदेखि नै चर्चामा छ । लामो समयको रस्साकस्सीपछि फिल्मको यतिबेमा छायांकन चलिरहेको छ ।
उपत्यकामा केहि प्रतिशत छायांकनपछि फिल्म युनिट यतिबेला तनहुँमा छ । आबुखैरेनीमा फिल्मको छायाकन चलिरहँदा अभिनेता अनमोल र अनुपबिक्रम शाहिले दृश्य दिईरहेका छन् । निर्माण टिम भित्रका एक सदस्यले हालसम्म् ‘कृ’को ४० प्रतिशत छायांकन सकिएको जानकारी सिनेखबरलाई गराए ।
तर करिब आधा छायांकन सकिँदै गर्दा पनि अभिनेत्री अदिती बुढाथोकीले भने अझै ‘सेट ज्वाईन’ गरेकी छैनन् । जसले फिल्ममा उनको धेरै भुमिका छैन् कि भन्ने प्रश्न उब्जाएको छ । तर निर्माण टिमले उनको जति छ त्यो सबै भुमिका महत्वपुर्ण रहेको बताउँदै आएको छ । उनि एक हप्ता भित्र सेटमा देखिने बताईएको छ ।
उपत्यकामा केहि भाग छायांकनपछि फिल्म युनिट आबु खैरेनी पुगेको थियो । अभिनेत्री उपस्थित नहुनुलाई अहिलेलाइ अनमोल र अनुपको दृश्य छायांकन भएको र अदिती सम्बन्धित दृश्यमा आवश्यक नभएको कारण बताईएको छ । अबको केहि दिनपछि त्यहाबाट सुटिङ टोली पुनः काठमाडौं मुभ हुनेछ । त्यसपछि कतार, कास्कीको धम्पुस, तहनुँको बन्दिपुर र काठमाडौंको महँगो क्लब ‘डेजाभु’मा फिल्मको अन्तिम गीत छायांकन हुने बताईएको छ ।
फिल्मको छायांकन अझै डेढ महिना चल्ने निश्चित देखिँदा पुर्व घोषित रिलिज मति भदौ ८ मा फिल्म आउने नआउनेमा अन्यौलता सृजना भएको छ । ‘अनलाइन ईडिटिङ’ चलिरहेको भन्दै गर्दा पनि ‘हाई बजेट’को यो फिल्ममा उत्कृष्टता ल्याउनमा निर्माण टिम लाग्दा उक्त मितिमा ‘कृ’ आउने नआउनेमा अन्यौलता देखिएको हो ।
सुवास गिरी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । पुरुषोत्तम प्रधानले फिल्म खिचिरहेका छन् ।