नेपालमा अहिलेसम्म फिल्म उद्योगमा कोहि अभिनेत्रीको नाममा टिकट बिक्यो भने त्यो नाम रेखा थापा नै हो । सिंगल स्कृनकी वादशाह कहलिएकी रेखा सामाजिक सञ्जालमा पनि सर्वाधिक फ्यान फलोईङ भएकी नेपाली पहिलो अभिनेत्रीमा पर्छिन् ।
आफुलाई हिरोईन भन्दा पनि हिरो सम्झिने उनै रेखा यो पटक भने भिलेन अबतारमा दर्शकमाझ आउँदैछिन् फिल्म ‘डायरी’ मार्फत । रेखा पहिलो पटक पर्दामा नेगेटिभ अबतारमा प्रस्तुत भएको फिल्म रिलिजको छेकोमा रेखाको भिलेन अबतार टिक्ला की नटिक्ला चर्चाको विषय छ ।
स्थानिय चुनाबको नतिजाको रन्कोले आधा नेपाल खाईरहँदा रेखाको फिल्मले कहाँ कतिसम्म कमाल गर्छ भन्नेमा तर्क वितर्क त छ नै उनले खलपात्र अबतारबाट दर्शकलाई न्याय गर्न सक्छिन् कि नाईं चासो पनि उत्तिकै छ । पछिल्ल रिलिज रेखा स्टारर केहि फिल्मले हलमा कमाल गर्न सकेनन् । त्यसैले पनि रेखाको स्टारडम खस्किएको चर्चा बढ्दै जाँदा यहि छेकोमा रिलिज हुन लागेको ‘डायरी’ प्रति धेरैको ध्यान केन्द्रित हुनु स्वभाविक पनि मानिएको छ ।
अनिल योञ्जनले निर्देशन गरेको फिल्ममा छुल्ठिम गुरुङ पोजिटिभ रोलमा लिडमा रहँदा डेब्यू ब्वाई सन्नि सिंहले उनलाई साथ दिएका छन् । सन्नि र छुल्ठिम भर्सेज रेखामा दर्शकले कसको कामलाई तारिफ दिन्छन्, फिल्मले कस्तो विजनेस गर्छ त्यसमा नै रेखाको आगामी बाटो निर्धारण हुनसक्छ ।