राष्ट्रियताको विषयमा पटक पटक पर्दै आएको भारत पाकिस्तान लफडा अन्ततः मनोरय्जन क्षेत्रमा पनि जोडियो । २०१६ बाट भारतिय फिल्म उद्योग वलिउडमा पाकिस्तानी मुलका कलाकारहरुला प्रवेश नै नदिने सम्मको निर्णय भयो ।
त्यसपछि वलिउडका सुपरस्टारहरुसँग नै काम गरिसकेका पाकिस्तानका स्टार कलाकार वलिउड मिडियामाझ धेरै समय गुमनाम रहे । यो बीचमा विभिन्न पाकिस्तानी कलाकारको पछिल्लो अवस्थाको बारेमा अनि कहाँ के गर्दैछन् भन्ने बारेमा वलिउड भाष्करले स्टोरी बाहिर ल्याएको छ ।
गत बर्ष रिलिज स्टार अभिनेता शाहरुख खानको फिल्म ‘रईस’की लिड अभिनेत्री माहिरा खान पछिल्लो पटक पाकिस्तानी सर्ट मुभी ‘वर्ण’ गरिरहेकी छिन् भने उनि १९७९ मा रिलिज फिल्म ‘मौला जट’को सिक्वेलको काममा पनि व्यस्त छिन् ।
त्यस्तै ए दिल है मुश्किल, कपुर एण्ड सन्स जस्ता चर्चित वलिउड फिल्म खेलेका फवाद खान यतिबेमा पाकिस्तानी लिजेण्ड गायक आलमगीरको बायोपिक ‘अलबेला राही’ गरिरहेको बताईएको छ । त्यस्तै सनम तेरी कसम खेलेकी मावरा होकेन यतिबेला टिभी शो ‘शम्मी’मा व्यस्त छिन् ।
वलिउडमा जमिसकेका अनि संभावना बोकेर देखिएका कलाकारहरुलाई नै भारतमा व्याण्ड गरेपछि उनिहरु यतिबेला पाकिस्तानमा नै व्यस्त बनेका हुन् ।