वलिउडमा यो हप्ता रिलिजमा आयो अर्जुन कपुर र श्रद्धा कपुर स्टारर फिल्म हाफ गर्लफ्रेण्ड’ । फिल्म रिलिज पहिले नै समिक्षा आउने वलिउडमा सबैजसो समिक्षक, पत्रकारले झुर बोले । चेतन भगतको कृतिमाथी बनेको फिल्मले कृतिलाई न्याय गर्नै नसकेको तर्क गरे ।
वलिउडमा लागु नभए पनि नेपाली फिल्म वृत्त चर्चा चल्छ, पत्रकार र समिक्षकले झुर बोलेका फिल्म ‘हिट’ हुन्छन् भनेर । यो पटक वलिउडमा पनि यस्तै भएको छ । सबैजसो मिडियाकर्मी अनि समिक्षमले झुर बोलेको फिल्मले रिलिजको चौथौ दिनमै नाफाको विजनेस सुरु गरेको छ ।
यो फिल्म निर्मा र प्रचार सहित जम्मा ३६ करोड भारतिय रकममा तयार भएको वलिउड अनलाईनमा उल्लेख छ । तर फिल्मले चार दिनमा नै ३७ करोड बढिको विजनेस गरिसकेको छ । मोहित सुरी निर्देशित फिल्मले पहिलो दिन १० करोड २७ लाख, दोश्रो दिन, १० करोड ६३ लाख, तेश्रो दिन ११ करोड १४ लाख र सोमबार पाँच करोड ११ लाखको विजनेस गर्दा अहिलेसम्म ३७ करोड १५ लाखको विजनेस गरेको छ । यो विजनेस आफैमा नाफामा गईसकेको छ ।