मुम्बई(एजेन्सी) । इन्डो क्यानेडियन पोर्न स्टार सनी लियोनी हट फोटोसुट गर्दै एकपटक फेरी इन्टरनेटमा तहल्का मच्चाउने तयारी गरेकी छन् । उनको यसपटकको फोटोसुट व्यावसायिक प्रयोजनका लागि भएको छैन । एक सामाजिक संस्थाका लागि उनी पाकेका राता खोर्सानीको बीचमा आफ्नो ग्ल्यामर शरीरको फोटोसुट गराएकी छन् ।
सनीले विश्व पर्यावरण दिवसको मौका छोप्दै पेटा अर्थात पिपुल फर एथिकल ट्रिटमेन्ट अफ इण्डियासँग सहकार्य गर्दै यो फोटोसुट गराएकी हुन् । फोटोमा सनी करिब करिब नग्न अवस्थामा देखिन्छिन् । उनले आफ्ना गोप्य अंग केवल एउटा कपडाले मात्र छोपेकी छन् । सनी जहिल्यै पनि जनावरका लागि कल्याणकारी काममा सक्रिय छिन् । विश्व पर्यावरण दिवसको मौकामा उनले सबैलाई शाकाहारी हुन आग्रह गरेकी छन् ।
‘मैले शाकाहारी हुने निर्णय लिइसके किनकी म वजन घटाउन चाहन्थे । जनावरलाई कसरी मारिन्छ भन्ने कुरा सुनेपछि मैले शाकाहारी हुने निर्णय लिएकी हुँ ।’ सनी पछिल्लो पटक सोनाक्षी सिन्हाको फिल्म ‘नूर’मा विशेष भूमिकामा देखिएकी थिइन् ।