नारीहरुको महान चाड मानिने तीज पर्व आउन अझै तीन महिना जस्तो बाँकी छ । भदौ ८ मा परेको तीज पर्वलाई जोडेर तयार हुने गीत संगीतहरुको माहोल भने सुरु भईसकेको छ । जसको रन्कोमा अभिनेत्री पवित्रा आचार्य पनि परिसकेकी छिन् । शनिबार उनले यो बर्षको तीजको लागी तयार हुँदै गरेको एक गीतमा कम्मर मर्काईन् ।
‘सबलाई लोभ्यायो हो यो मेरो रातो सारीले’ बोलको गीतमा पवित्राले कम्मर मर्काउँदा उनलाई साथ मनु मगरले दिएकी छिन् । जहाँ दर्जनौं कोरसहरु देख्न सकिन्छ । शनिबार छायांकन गरिएको उक्त गीतको भिडियो छिट्टै नै रिलिज हुने बताईएको छ ।
पारू रञ्जितको स्वर रहेको गीतको शब्द राजेन्द्र बजगाईंले लेखेका हुन् भने संगीत संयोजनको काम पनि उनैले गरेका छन् । उक्त गीतको भिडियो दनेश वान्तवाले खिचेका थिए भने कोरियोग्राफी अभिनेत्री पवित्राले नै गरेकी थिईन् । डेढ दर्जन बराबर म्युजिक भिडियोमा कोरियोग्राफी गरिसकेकी पवित्राले पछिल्लो पटक ‘मेला’ फिल्मबाट फिल्ममा पनि कोरियोग्राफी सुरु गरेकी छिन् ।
राजधानीको सिनामंगलमा खिचिएको भिडियोमा श्रृङ्गार संयोजनको काम सिर्जना कार्कीले गरेकी थिईन् भने ड्रेस व्यवस्थापन गृहलक्ष्मी बुटिकले गरेको थियो । गायिका पारू रञ्जितको लागी यो डेब्यू गीत हो । तीज गीतबाट गायन यात्राको थालनी गरेकी सुमधुर आवाज बोकेकी पारूले आगामी दिनमा अन्य विधाको गायनमा पनि सकृयता बढाउने बताईन् ।