लसएञ्जल्स(एजेन्सी) । हलिउड अभिनेत्री तथा निर्देशक एञ्जेलिना जोली र उनले छोडेका पति ब्राड पिटबीच अझैं पनि मायाको टुसो पलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । लामो समयसम्मको वैवाहिक जीवनलाई केही समय अघि टुंग्याएका यो जोडीमध्ये जोली पिटसँग निकै रिसाइरहेकी छिन् । तर पिट भने पुनः जोलीसँग डेटिङ जान इच्छुक छन् ।
‘ब्राडले दिएको चोटले उनी दुःखी त छिन् नै,सँगै ब्राडका साथीहरुले पनि जोलीलाई मनपराउन छाडेका छन् । उनले आफ्ना साथीलाई पनि ब्राडले मुटु टुटाएको बताउँछिन् ।’ जोलीका एक साथीले भनेका छन् ।
आठ महिना अघि सम्बन्धविच्छेद गरेपछि पिट डिप्रेसनमा परेका थिए । यो पीडालाई भुलाउन ब्राड पुनः जोलीसँग डेट गर्न चाहन्छन् । ब्राड आफ्ना सन्तानको खुशी चाहन्छन् । त्यसकारणले पनि जोलीसँग पुनः माया बाड्न चाहेको सञ्चारमाध्यमलाई बताएका छन् ।