केहि हप्ता पहिले फिल्म ‘कमिटमेन्ट’ निर्माण घोषणाको क्रममा निर्देशन समेत आफै गर्दै गरेका अभिनेता निखिल उप्रेतीले वलिउडका केहि चर्चित कलाकार आफ्नो फिल्ममा आवद्ध गराउने प्रतिवद्धता जनाएका थिए । फिल्मको नाम जस्तै निखिलले गरेको ‘कमिटमेन्ट’ अन्ततः पुरा गरेका छन् । वलिउडका चर्चित भिलेन रञ्जितले काठमाडौंमा छायांकन सुरु भएको फिल्मको सेट ज्वाईन गरेका छन् ।
मंगलबार ललितपुर स्थित ‘च्यासल फुटबल’ मैदानसँगै तयार गरिएको सिनेखबरकर्मी पुग्दा निखिलको ‘एक्सन कट’मा रञ्जितले टेक दिँदै गर्दा भेटिए । कालो गाडीमा बसेर खतरनाक डायलग बोल्दै थिए रञ्जित सँगसँगै निखिलले एक्सन र कट पनि बोल्दै थिए । उनिसँगै एक छेउमा वलिउडका चर्चित स्टार गोविन्दासँग स्कृन सेयर गरिसकेकी आईटम गर्ल नेन्सी मार्वा मेकअपमा व्यस्त थिईन् ।
पाँच लाखमा तयार गरिएको भनिएको सेटमा हुने आईटम नृत्यमा नेन्सी कम्मर मर्काउन तयार देखिन्थिईन् । जुन गीतको छायांकन मंगलबार तथा (आज) बुधबार पनि चलिरहेको छ । नेन्सीले नेपाली फिल्ममा अभिनय गर्न पाउनुमा आफुलाई भाग्यमानी बोलिन् । काठमाडौं आउन तथा पशुपतिनाथको दर्शन गर्न आफुमा रहेको ईच्छा फिल्मसँगै पुरा भएकोमा निखिललाई उनले धन्यबाद पनि बोलिन् ।
यो हुँदै गर्दा रञ्जीतको मंगलबारको लागी लिईएको टेक सकिईसकेको थियो । त्यसपश्चात उपस्थित मिडियाकर्मीसँग कुरा गर्दै वलिउड सुपरस्टार स्टार अमिताभ बच्चन, विनोद खन्ना, राजेश खन्नादेखि सलमान, अक्षयहुँदै रितेश देशमुखसम्मका पछिल्लो पुस्ताका उदयिमान स्टारहरुसँग काम गरिसकेका रञ्जीतले निखिलसँगको पहिलो भेटमा नै भेटेको संभावनाका कारण स्कृप्ट नै नपढि ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को लागी तयार भएको बताए ।
‘पहिलो भेटमै निकै हेन्डसम मान्छेले फिल्म निर्देशन गर्न लागेको र आफुलाई अफर गरेको कुरा सँगै आएका निर्माता आकाशबाट थाहा पाएपछि हिरो बन्ने मान्छे, किन निर्देशक बनेको भन्दै निखिललाई प्रश्न गरेँ’, रञ्जितले थपे । उनले धेरै भाषाको फिल्म गरिसकेको बोल्दै उनले नेपाली भाषाको फिल्म पनि खेल्न पाएकोमा खुशी व्यक्त गरे । नेपाली कलाकार तथा प्राविधिकहरु निकै मेहनती तथा लगनशिल पाएको उनको कथन थियो ।
यो फिल्ममा निखिल पनि लिड अभिनयमा रहनेछन् भने उनको अपोजिटमा शिवानी लुईटेल लिड गर्लको रुपमा फाईनल भएकी छिन् । फिल्ममा अन्य वलिउड कलाकारहरु पनि आवद्ध हुनेछन् । फिल्म युनिट काठमाडौंको छायांकन सकाएपछि बिरगंज प्रस्थान गर्नेछ । फिल्मको रिलिज तय भइसकेको छैन् तर वितरणको जिम्मा भने गोपालकाजी कायस्थले लिईसकेका छन् ।
तश्विरः महेश्वरमान सिंह