काठमाडौ । अभिनेता तथा मोडल पुष्पल खड्का मोडल सृष्टिना राईको ‘वैशालु जवानी’ देखेपछी भुतुक्कै भएका छन् । नवगायक श्री राईको शब्द, संगीत र स्वरमा रहेको ‘वैशालु जवानी तिम्रो’ बोलको गीतको भिडियोमा रोमान्टिक बनेको पुष्पल र मोडल सृष्टिना राईको क्यामेस्ट्रीलाई मंगलबार सार्वजनिक गरिएको हो ।
रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । गोदावरीका रोमान्चक दृश्यहरु समावेश भएको म्युजिक भिडियोमा एउटा जवान केटा र केटीको लभस्टोरीलाई देखाउन खोजिएको निर्देशक राईले बताए ।
पछिल्लो समयका चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गायिका समेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेकअप रहेको छ । म्युजिक भिडियोको पोष्टर डिजाइन टौवा क्रियशनले गरेको हो । म्युजिक भिडियो विशाल चौतारी मिडिया प्रा.ली.को प्रस्तुती रहेको छ । गीत एल्बम ‘सर्मपण’मा समावेश गरिएको छ ।