लसएञ्जल्स(एजेन्सी) । बलिउडबाट हलिउड तिर छिरेकी नायिका प्रियंका चोपडा हलिउडमा दोस्रो फिल्म ‘ए किड लाइक जेक’को सुटिङमा यतिबेला व्यस्त छिन् । उनलाई हालै मात्र न्यूर्योकको ब्रोकलिनमा सुटिङरत अवस्थामा भेटिएको छ ।
सुटिङमा प्रियंकाले सुन्तला रंगको लुगा लगाएकी थिइन् । यो फिल्म उनको दोस्रो फिल्म हो । यसअघि उनले ‘बेवाच’ फिल्ममा अभिनय गरेकी थिइन् । नयाँ फिल्ममा प्रियंकासँगै ‘द बिगबेङ थ्योरी’ र ‘हिड्न फिगर’का कलाकार जिम पार्सन र ‘होमल्याण्ड’ तथा ‘रोमियो एण्ड जुलियट’का क्लेर डेन्सको पनि अभिनय छ । फिल्ममा क्लेरले केटा भएर पनि केटीको लुगा मनपराउने एक बालकको आमाको चरित्र निर्वाह गरिरहेकी छन् ।
फिल्मले लैंगिक विविधता झल्काउन प्रेरित गर्ने एउटा दम्पतीको कथा प्रस्तुत गर्नेछ । जसले आफ्ना सन्तानलाई निजी विद्यालयमा छात्रवृत्ति दिलाउनका लागि लैंगिक विविधता देखाउन प्रोत्साहित गर्छन् । फिल्ममा प्रियंकाको भूमिका कस्तो हुन्छ भन्ने केही खुलाइएको छन । ‘ट्रान्सपरेन्ट’का निर्देशक सिलास होवार्डले निर्देशन गरिरहेको फिल्म सन् २०१८ मा रिलिज गरिनेछ ।