वलिउड सुपरस्टार सलमान खानको लुलिया वन्तुरसँगको प्रेम पुरानो भइसक्यो । कहिले ब्रेकअपको हल्ला र कहिले प्याचअपको । तर मिडियामा यो जोडीको प्रेम गसिप बनिनै रहन्छ । समाचार जे आओस् सलमानले लुलियासँग डेट गरिनै रहेका छन् ।
यो बीचमा मंगलबार राती सलमान र लुलिया एकसाथ भेटिए । जुन तश्विर मिडियाको क्यामेरामा कैद पनि भयो । उनिहरु सलमानको फिल्म ‘ट्युवलाईट’को विशेष प्रदर्शनीमा पुगेर फर्किँदै थिए । जहाँ अन्य विभिन्न सेलिब्रेटीहरु पनि उपस्थित रहे ।
मिडियालाई स्थान नदिईएको कार्यक्रमबाट मध्यरात फर्किँदा भने सलमानको तश्विर लुक्न सकेन् । ‘ट्युवलाईट’ यहि शुक्रबार रिलिज हुँदैछ ।