साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रुद्र’को पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ‘आइएम च्याङ्ग्वा’ वोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन् । गीतमा पछिल्लो समय सार्वजनिक विभिन्न फिल्ममा प्रायः गीत भन्दा भिन्न परिवेश जोडिएको छ ।
तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ । गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ । लिड कलाकार विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन् ।
रामजी लामिछानेको निर्देशनमा बनेको फिल्मको केहि दिन पहिले सार्वजनिक ट्रेलरले लोकप्रियता बढाउँदो छ । विशेषतः एक्सन प्रधान भनिएको ट्रेलरलाई सम्बन्धित जनरा अनि एक्सन लभस्टोरी मन पराउनेहरुले रुचाएका छन् ।
यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल भिलेन अबतारमा प्रस्तुत छन् । सौरभ लामाले खिचेको फिल्मलाई काठमाडौंमा विके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।