पछिल्लो समय लोकगीत संगीतहरुले बजारमा राम्रै चर्चा पाएका छन् । यसैबीच हालसालै मात्र लोकगीत संगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ । नवगायिका मनिषा शर्मा र शब्द संकलक शंकर ढकालको मार्मिक गीत ‘भेट हुँदैन् होला …’ युटुब मार्फत सार्वजनिक गरिएको हो ।
ढकालको लय, शब्द तथा स्वर रहेको उक्त गीतमा नवगायिका शर्माले साथ दिएकी छिन् । गीतमा माया, प्रेममा परेका जोडीहरुबीचको बिछोड हुनुपर्दाको पीडा चित्रण गरिएको छ । प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउँछ ।
काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय रहेको छ । म्युजिक ल्यावको प्रस्तुती रहेको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् । प्रारम्भीक रुपमा गीतले राम्रो प्रतिक्रिया पाएको छ ।