मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ केही समयदेखि समाचारको विषय बनिरहेको छ । शोका प्रमुख कलाकारहरुको एक समूह त्यहाँबाट शोका सञ्चालक कपिल शर्माका कारण अलग्गिएपछि चर्चामा थियो नै, अहिले फेरी शोका कपिल चर्चामा छन् । आफूले महंगो पारिश्रमिक लिएर शो सञ्चालन गर्ने कपिलले आफ्ना साथीभाईले छाडेपछि पारिश्रमिक पनि उनले घटाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुनिल ग्रोवरसहित शोका प्रमुख कलाकारले शो छाडेपछि कपिल शोको टीआरपी पनि ह्वात्तै घटेको छ । टीआरपी घटेपछि च्यानल र कपिलको बैठक पछि शोको सञ्चालन खर्च कम गर्ने सहमति भएको छ । उनले शोको शुल्क पनि कम गर्ने मनस्थिति बनाइसकेका छन् ।
अर्का कमेडियन कृष्णा अभिषेकले ‘द ड्रामा कमेडी’ नामक नयाँ शो सञ्चालन गर्ने तयारी गरेपछि कपिलले शुल्क घटाएका छन् । अभिषेकले कपिलले नै सञ्चालन गरिरहेको च्यानलमा नै अली असगर, सुगन्ध मिश्र र सुनिल ग्रोवरलाई लिएर शो सञ्चालन गर्ने तयारी गरिसकेका छन् ।