मुम्बई(एजेन्सी) । बलिउड निर्देशक कबीर खानको फिल्म ‘ट्यूबलाइट’ले भारतीइ थिएटरमा राम्रो ओपनिङ गरेको छ । बक्स अफिस रिर्पोट अनुसार फिल्मले बिहानीको शोमा ३० दशमलब ४० प्रतिशत ओपनिङ ग¥यो । तर फिल्मलाई इद अगाडिको रिलिज र सलमान खानको स्टारडमले सही लाभ भने लिन सकेन । भारतका ठूला सहरमा पनि फिल्मले सोचे बमोजिम ओपनिङ गरेको छैन् । फिल्मले उत्तरी भारतमा राम्रो ओपनिङ गरेको छ । दिल्ली र पञ्जाबसहित उत्तर भारतको ठूलो शहरमा ६० प्रतिशत ओपनिङका साथ फिल्मले राम्रो प्रदर्शन प्रतिक्रिया पाइरहेको छ ।
शहरी क्षेत्रमा प्रदर्शन भएका फिल्ममध्ये एसएस राजामौलीको ‘बाहुबली २’ र शाहरु खानको ‘रइस’ पछि सलमानको ‘ट्युबलाइट’ले ओपनिङमा आफूलाई तेस्रो स्थानमा राखेको छ । दर्शकको कम उपस्थितिका कारण फिल्मको थिएटर संख्या ४४०० पुग्न सक्ने अनुमान पनि लगाइएको छ ।
एडभान्स बुकिङको मामलामा सलमानको फिल्म नवौं स्थानमा परेको छ । फिल्मले १२ दशमलब ५० करोड रुपैंयाँ कमाएर रइसको रेकर्ड भने तोड्न सफल बनेको छ । यो फिल्ममा सलमानका अलावा सोहेल खान, दिवंगत अभिनेता ओमपुरी, चिनियाँ अभिनेत्री झु झुसँगै शाहरुख खानको पनि अभिनय छ ।