मुम्बई(एजेन्सी) । यशराज फिल्मस्को व्यानरमा निर्मित सलमान खान र अनुष्का शर्मा स्टारर बलिउड फिल्म ‘सुल्तान’ले ‘सांघाई इन्टरनेशनल फिल्म फेस्टिबल’मा ‘बेष्ट एक्सन मुभी अवार्ड’ जितेको छ । यो फेस्टिबलमा अवार्ड जित्ने ‘सुल्तान’ नै पहिलो भारतीय फिल्म हो ।
यो फेस्टिबलमा ज्याकी ज्यान एक्सन मुभी विकले चीन र एसियाली क्षेत्रमा बनेका उत्कृष्ट एक्सन फिल्मलाई छनौंट गर्दछ । भोटिङका आधारमा छानिने यो विधागत अवार्डमा सलमानको फिल्मलाई सबैले रुचाएका हुन् । यशराज फिल्मस्को तर्फबाट सांघाई कन्सुलरका प्रकाश गुप्ताले अवार्ड थापे ।
अवार्डका उपाध्यक्ष अवतार पानीसारले सुल्तानले फिल्ममा एक्सनको शैलीलाई परिवर्तन गर्दै ग्रामीण क्षेत्रको मौलिक एक्सनलाई प्रस्तुत गरेको बताए । फिल्मका निर्देशक अली अब्बासले पनि फिल्मले पाएको सफलतामा खुशी व्यक्त गरेका छन् ।