मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका स्टार अल्लू अर्जुन अभिनित फिल्म ‘दुवदा जगन्नाधम’ले पहिलो दिनमा नै विश्वव्यापी रुपमा ३३ करोड कमाएको छ । एक्सनले भरिपूर्ण यो तेलुगू फिल्मका निर्माताले ३३ करोड कमाईको दाबी गरेका छन् ।
‘यो अल्लू अर्जुनको शानदार सुरुवात गरेका फिल्ममध्ये एक हो । सोमबार विदा भएका कारण चार दिनमा फिल्मले उत्कृष्ट कमाई गर्छ भन्नेमा आशावादी छौं ।’ ती निर्माताले भनेका छन् ।
फिल्म्मा पूजा हेगड़े, राव रमेश, सुब्बाराज र मुरली शर्माका पनि अभिनय छ । फिल्ममा देवी श्रीप्रसादको संगीत छ । फिल्मका निर्माता दिल राजूका साथमा अभिनेता अर्जुनका यो तेस्रा हिट फिल्म हो । दुवैले यसअघि फिल्म ‘आर्य’ र ‘पारुगु’मा सँगै काम गरेका थिए ।