मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट फिल्म ‘आशिकी’को तेस्रो सिक्वेलमा दर्शकमाझ देखिने भएका छन् । निर्देशक मोहित सुरीले बनाउन लागेको सिक्वेलमा उनीहरु देखिन लागेका हुन् ।
फिल्मको निर्माण महेश भट्टको व्यानरमा विशेष फिल्मका शैलीमा गरिनेछ । आलिया र सिद्धार्थको जोडीले ‘स्टूडेंट अफ द ईयर’ र ‘कपूर एंड संस’मा सँगै काम गरेका थिए ।
आलिया हाल मेघना गुलजारको फिल्ममा व्यस्त छिन् । मेघनाको फिल्म पछि उनी नोभेम्बरबाट ‘गुल्ली ब्वाइ’को सुटिङ शुरु गर्नेछिन् । मोहित भने यसै बीचमा ‘आशिकी ३’को सुटिङ शुरु गर्न चाहन्छन् ।
यो बाहेक आलिया अभिनेता रणवीर कपुरका साथ अयान मुखर्जीको फिल्म ‘ड्रागन’मा पनि देखिनेछिन् । फिल्ममा अमिताभ बच्चनको पनि अभिनय छ । सिद्धार्थले आफ्नो फिल्म ‘इत्तेफाक’को सुटिङ पुरना गरिसकेका छन् । उनी अहिले नीरज पाण्डेको फिल्म ‘अय्यारी’को सुटिङमा व्यस्त छन् ।
फिल्म‘आशिकी २’मा आदित्य रोय कपुर र श्रद्धा कपुरको जोडी देखिएका थिए । यो फिल्म ब्लकब्लष्टर साबित भएको थियो । फिल्मको गीत पनि हिट बनेको थियो ।