यसअघि श्रावण १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘संरक्षण’को रिलिज हेरफेर भएको छ । फिल्मका लिड अभिनेता निखिल उप्रेतीको ‘रुद्र’ फिल्म सोहि मितिमा आउने भएपछि श्रावण २७ लाई संरक्षणको प्रदर्शन मिति तय गरियो ।
निर्माण टिमले प्रदर्शन मिति तय गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले मधेश आन्दोलनको कथा बोल्छ । जहाँ निखिलसँगै अर्का लिड अभिनेता सौगात मल्ल दुबै जना नेपाल प्रहरीको भेषमा प्रस्तुत छन् ।
फिल्मलाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । निखिल र सौगातसँगै ‘संरक्षण’मा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लिड अभिनयमा छन् । प्रदिपकुमार उदय र नरेन्द्र महर्जन फिल्मका निर्माता हुन् ।
परवेश मल्लिकले संगीत भरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । द्वन्द्व निर्देशन हिमाल केसीको छ ।