मुम्बई(एजेन्सी) । बलिउड सुपरस्टार सलमान खानलाई उनको विवाहको बारेमा हालसम्म धेरै पटक प्रश्न सोधिएको छ । तर यसपटक सलमानले आफ्नो विवाहको बारेमा यस्तो अचम्मको जवाफ दिएका छन् कि जसलाई सुनेर उनका फ्यान शायद निराश नै हुन्छन् । आफ्नो फिल्म ‘ट्यूबलाइट’लाई लिएर चर्चामा आएका सलमानले हालै एक अन्तरवार्तामा विवाहका विषयलाई लिएर खुलेरै कुरा गरे ।
उनले विवाहलाई बर्बादीको संज्ञा दिएका छन् । ‘यदि कसैले आएर मलाई विवाहको बारेमा सोध्यो भने म उनीहरुलाई विवाहमा विश्वास राख्दिन । मेरो हिसाबमा विवाह भनेको पैसाको बर्बादी हो भन्छु ।’ उनले भनेका छन् ।
उनले आफू प्रेममा पनि यकिन नरहेको खुलाएका छन् । उनको विचारमा ‘प्रेम एक जरुरत’ हो । ‘म प्रेममा यकिन गर्दिन । मलाई यो शब्दको हो भन्ने केही कारण छ जस्तो लाग्दैन । त्यसको लागि वास्तविक शब्द जरुरत नै हो । यसमा कुन कुराको आवश्यकता बढी छ त्यसलाई जोड दिनुपर्छ ।’ सलमानले भनेका छन् ।
५१ वर्षे सुपरस्टारलाई उनको नेचरको बद्लावका विषयमा प्रश्न सोधियो, त्यो बेला उनले आफू पहिला जस्तै भएको बताए । ‘म अहिले पनि रिक्सामा बस्छु, त्यसमा टहलिन्छु, साइक्लिङ गर्छु । मैले केही दिन अघि पनि साइक्लिङ गरें । एक समय थियो, जुनबेला म निराशावादबाट घेरिईसकेको थिएँ ।’ उनले भने ।