भलिवलकी स्टार प्लेयर सिपोरा गुरुङको डेब्यू फिल्म ‘भुइँमान्छे’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरियो । कार्यक्रममा सिपोरासँगै लिड अभिनेता रमेश बुढाथोकीको साथमा निर्माण टिमका अधिकांश सदस्यहरुको उपस्थिती थियो ।
अस्पतालमा पोस्टमार्टम गर्ने एक व्याक्तिको दैनिकीको कथा पेश गर्ने फिल्मको कथा चल्दै गर्दा त्यसबीचमा आधा उमेर कमकी एक सुन्दरीसँग चल्ने प्रेम चक्कर र त्यसपछिका परिस्थितीको वरीपरी फिल्म घुम्छ, सार्वजनिक ट्रेलरले यस्तै छनक दिन्छ ।
नवराज वुढाथोकीले फिल्मलाई निर्देशन गरेका छन् भने रोहिणी भट्टराईले लगानी गरेका छन् । मेडिकल ड्रामा बोल्ने फिल्मका निर्माता रोहिणी आफैंमा उक्त फिल्डसँग आवद्ध व्याक्ती हुन् । फिल्म आउँदो भदौ २ मा रिलिज हुनेछ ।