मुम्बई(एजेन्सी) । विश्वव्यापी रुपमा कमाईमा कीर्तिमान राखेको आमिर खान अभिनित फिल्म ‘दंगल’मा आमिरले महाभिर सिंह फोगटको भूमिका निभाउन आफ्नो ज्यानलाई ह्वात्तै बढाउनुपरेको थियो । त्यसकारण पनि उनी फिल्ममा निकै मोटो देखिन्थे ।
फिल्म ‘दंगल’मा मोटो देखिएका आमिर नयाँ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा चाहिँ दुब्लो पात्रका रुपमा देखिनेछन् । उनको भूमिका कस्तो के हुने हो त्यो केही खुलाइएको छैन । तर बताइए अनुसार उनी ठगको भूमिकामा यो ऐतिहासिक फिल्ममा देखिनेछन् ।
आमिरको सार्वजनिक केही तस्वीर हेर्दा उनको कान र नाकमा गहनाहरु झुण्ड्याइएका छन् । आमिरले अहिलेसम्म फिल्ममा गरेका भन्दा ‘ठग अफ हिन्दुस्तान’मा बिल्कुलै नयाँ रुप देख्न पाइनेछ । फिल्मका लागि एक महिना अघि नाक र कान छेडेका आमिरका लागि अहिले पनि त्यो उत्तिकै पीडादायी छ । फिल्ममा अमिताभ बच्चन, क्याट्रिना कैफ र फतिमा शेखको पनि अभिनय छ ।