गायिका कल्पना कुसुमको स्वरमा तीज विशेष गीत ‘कहाँमा जान्छौ रानी चरी बगल’को छायांकन भएको छ । भिडियो केहि दिनमा आउनेछ । केहि दिन पहिले राजधानीमा उक्त गीतको भिडियो छायांकन गरियो । दिनेश वान्तवाले क्यामेरा चलाएका छन् ।
बैकुण्ठ महत र नारायण सापकोटाको शब्दमा संगीत बैकुण्ठले नै भरेका छन् भने आफ्नो नृत्यमा कोरियोग्राफी पनि अभिनेत्री पवित्रा आचार्यले नै गरेकी छिन् । पछिल्लो पटक २०७४ को तीज लक्षित गरेर पवित्राले कोरियोग्राफी तथा नृत्य गरेको यो तेश्रो गीत हो ।
सृजना कार्कीको श्रृङ्गारमा सजिएकी पवित्राले दर्जनबढि कोरससँग कम्मर मर्काएकी छिन् । गौशाला स्थित राम मन्दिरमा भिडियोको छायांकन गरिएको छ । छायांकनको चाँजोपाँचो निर्देशक वसन्त निरौलाले मिलाएका थिए । नारीहरुको महान पर्व मानिने हरेक बर्षको तीजमा कुनै न कुनै कोशेली पस्किँदै आएकी कल्पनाले यो पटक पवित्रासँगै आफुले पनि कम्मर मर्काएर ‘कहाँमा जान्छौ रानी चरी बगल’ लिएर आउन लागेकी हुन् ।