लसएञ्जल्स(एजेन्सी) । अमेरिकी मोडल एमिली रटकोस्कीले आफुनो अनुहार ‘सेक्सी’ भएकै कारण अन्य महिलाहरु आफूसँग काम गर्न नचाहेको खुलासा गरेकी छन् । रोबिन थिकको विवादित भिडियो ट्रैक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २६ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बज़ार अस्ट्रेलियासँग आफ्नो सेक्सी अनुहार भएकै कारण आफूले कुनै पनि काम नपाएको गुनासो गरेकी छन् ।
उनले आफू बढी सेक्सी भएकै कारण काम नपाएको दाबी गरेकी छन् । ‘यो महिला विरोधी सोच जस्तै कुरा हो । मानिसहरु मसँग काम गर्न चाहँदैनन् किनकी मेरो स्तन ठूलो छ ।’ उनले भनेकी छिन् । गत वर्ष एमिली र किम कार्दासियनको एक सेल्फी आएको थियो । यो सेल्फीमा दुवै बाथरुममा टपलेश थिए । एमिलीले त्यो बेला आफ्नो सेल्फीको बचाउ गरेकी थिइन् ।
एमिलीले ‘गोन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा काम गरेकी थिइन् । उनले आफ्ना बारेमा लेखिएका प्रोफाइलमा आफू सेक्सी भनेकैले काम नपाएको गुनासो गरेकी छिन् । आफूलाई मानिसले सेक्स सिम्बोलका रुपमा प्रयोग गरेको उनको बुभाmई छ ।