केही हप्ता अगाडी मात्र जोन अब्राहमले अभिनय गरेको चलचित्र ‘ढिशूम’ प्रदर्शनमा आएको थियो । चलचित्र ‘ढिशूम’ले भारतमा मात्र करिब ८० करोडमाथिको व्यापार गरेको छ । ‘ढिशूम’ले आफ्नो लगानी भारतबाट मात्र उठाउन सफल भएपछि उत्साहित भएका जोनसँग ‘आज तक’ ले लिएको अन्तर्वार्ता :
कस्तो रह्यो ढिशूमको अनुभव ?
निकै राम्रो रह्यो । मैले यो फिल्म रोहित धवनको लागि गरेको थिए । फिल्मको दौडानमा वरुणसँग काम गर्न निकै रमाइलो भयो । जब म रोहितको फिल्म देसी ब्वायज गरिरहेको थिए त्यति बेला वरुण बलीउडमा डेव्यू गर्ने तयारीमा रहेको थियो ।
रोहितलाई पहिलो देखी नै चिन्नु हुन्थ्यो ?
अँ चिन्थे । रोहित हुक या क्रूक फिल्ममा असिटेन्ट डायरेक्टर थिए, त्यहाँबाट म उसलाई चिन्थे । तर हालसम्म उक्त फिल्म रिलिज भएको छैन । मैले उनको पिता डेविड धवनसँग पनि काम गरेको छु । उहाँ आज पनि बिल्कुलै बदलिनु भएको छैन । मैले यस्ता कयौ डाइरेक्टर देखेको छु जसले सफलता पाएपछि बद्लिने गछन ।
इन्डस्ट्रीमा के जरुरी कुरा छ ?
इन्डस्ट्रीमा सबैभन्दा ठूलो कुरा काम गर्ने तरिका छ, जुन रोहितलाई राम्रोसँग आउँछ । रोहित मेरो कान्छो भाई जस्तो छ ।
वरुणको बारेमा के भन्न चाहनुहुन्छ ?
वरुणलाई मैले फिल्म ढिशूमको दौडानबाट निकै नजिकबाट चिनेको हुँ । उनले ढशूमले गरेको कामबाट म पनि प्रभावित भएके छु । एक पटक जब म ६ घण्टाका लागि थिइन त्यति बेला एक घटना भएछ । बरुणको औलामा चोट लागेर बेहोस भएछ । म उसलाई जिममा ट्रेनिंग पनि दिन्छु ।
तपाई स्टन्ट आफै गर्नु हुन्छ ?
हजुर म आफै गर्छु । मलाई बडी डबल राख्ने कुनै सौख छैन । मलाई एक्शन गर्न मन पर्छ र मैले ‘फोर्स २’ मा पनि स्टन्ट आफैले गरेको थिए । त्यस बेला मलाई चोट पनि लागेको थियो । चोट लागेपनि मैले एक्शन गरे र त्यसपछि मात्र डाक्टर कहाँ गएको थिए ।
तपाईलाई लाग्छ, भगवान तपाईको साथ हुनुहुन्छ ?
मेरो लागि मेरो आमा नै भगवान हुनुहुन्छ । मेरो आमा सधै मेरो साथमा रहनु हुन्छ र सधै मेरो साथ दिनुहुन्छ ।
हलीउडमा जाने कुनै प्लान छ ?
छैन, अब भारतमा नै यस्तो फिल्म गर्छु जुन अन्तर्राष्ट्रयस्तरमा पनि प्रदर्शन होस् ।