लसएञ्जल्स । हलिउड फिल्म ‘बेवाच’बाट हलिउड यात्रा शुरु गरेकी नायिका प्रियंका चोपडाले नयाँ हलिउड फिल्म ‘इज नट इन रोमान्टिक’ ?को सुटिङ शुरु गरेकी छिन् । यो फिल्ममा प्रियंका योगा दुतको भूमिकामा देखिनेछिन् ।
फिल्ममा रिबेल विल्सन, लिआम हेम्सवर्थ, एडम डिभाइनको पनि अभिनय हुनेछ । रोमान्टिक कमेडी जनरामा बन्ने फिल्मको प्रिन्सिपल फोटोग्राफीको काम शुरु भएको छ ।
फिल्मले न्यूर्योकमा रहेका नाटाली नामका एक आर्टिटेक्टको कथा प्रस्तुत गर्नेछ । जागिरको खोजीमा रहेकी नाटालीका काममा आइ पर्ने झमलालाई फिल्ममा देखाइनेछ ।
फिल्मको निर्देशन स्ट्राउस स्कुल्सनले गर्नेछन् । फिल्मको सम्पूर्ण छायांकन न्यूर्योक सिटीमै हुनेछ । फिल्म सन् २०१९ को भ्यालेन्टाइनमा रिलिज हुनेछ ।