अभिनेता निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म ‘संरक्षण’को नंया गीत सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गरी फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘सम्झनाको सारंगी’ बोलको गीतको भिडियोमा सौगात मल्ल र अशिष्मा नकर्मी फिचरिङ छन्। गीतमा प्रवेश मल्लिको संगीत, धिरेन्द्र प्रेमर्षीको शब्द छ भने स्वरूपराज आचार्यले स्वर दिएका छन्।
यसअघि फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ। आज आयोजित कार्यक्रममा फिल्मको दोस्रो ट्रेलर तयार भइसकेको र त्यसलाई केहि दिनमा सार्वजनिक गर्ने समेत जानकारी दिइयो।
मधेसको मुद्दालाई उठान गरिएको फिल्ममा नरेन्द्र महर्जन, प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको छ। फिल्ममा निखिल, सौगात, अशिष्मा संगै मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय छ।
साउन २७ गते प्रदर्शनमा आउँन लागेको फिल्म ‘संरक्षण’लाई पुर्नेण्दु झाले निर्देशन गरेका हुन्।