फिल्म ‘भुइँ मान्छे’को नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पर्दा भो’ बोलको गीतमा शिव परियारले स्वर दिएका छन्। महेश पौड्यालको शब्द रहेको यस गीतमा जुगल डंगोलको संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी , सिपोरा गुरुङ र सहिन प्रजापति फिचरिंग छन्।
भाद्र २ देखि रिलिज हुने फिल्म ‘भुइँ मान्छे’ नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादवले निर्माण गरेका हुन।