मिस नेपाल बनिसकेपछि राष्ट्रिय सुन्दरीको उपमा पाउनेहरु सुरुवाती दिनमा फिल्म क्षेत्रमा आउँदिन बोल्छन् । कालान्तरमा उनिहरुको करियर फिल्मसँग नै जोडिन्छ । यस्तै नाम हो मलिना जोशी पनि । मिस नेपाल २०११ मलिना सुरुवाती दिनमा फिल्ममा आउँदिन् बोलिन्, तर मोडलिङमा जोडिँदा फिल्मबाट टाढा रहन नसकेकी उनले अन्ततः ‘ऋतु’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरिन् ।
पहिलो फिल्मले कमाल गर्न सकेन् । त्यसपछि केहि बर्षको बीचमा गत बर्ष उनका लगातार दुई फिल्म आए ‘झुम्की’ र ‘दि विनर’ । दुबै फिल्मले वक्सअफिसमा कमजोर विजनेस गरे । उनका लगातार तीन फिल्म वक्स अफिसमा फ्लप सुचीमा दर्ता हुँदा मलिनालाई फिल्म नफापेको चर्चा चलिरहेको छ ।
फिल्मको अभिनय भन्दा बढि उनको चर्चा अभिनेता अनुपबिक्रम शाहीसँगको प्रेमको भयो । तर त्यो प्रेम पनि यतिबेला ब्रेक लागेको गाडी बनिसकेको छ । दुबै जना दुई ध्रुवमा विभाजित हुँदा यतिबेला मलिनाको चर्चा सेलाएको छ । अब उनका प्रदर्शनको तयारीम तीन फिल्म छन्, जुन फिल्मबाट उनी राम्रै आशावादी छिन्, पछिल्ला समय अक्कल झुक्कल बाहिर आउने उनका अभिव्यक्तीहरु यस्तै बोल्छन् ।
यहि साउनको २७ मा मलिना अभिनित ‘संरक्षण’ रिलिज हुँदैछ भने भदौमा उनको ‘लिला’ नामको फिल्म रिलिज हुनेछ । अर्को फिल्म ‘राजारानी’ पनि प्रदर्शनको लागी तयार छ । संभवत तीन फिल्म नै यहि बर्षभित्र रिलिज हुने कन्फर्म देखिँदा मलिनाको भोलीको फिल्मी करियर कता पुग्छ त्यसको निर्क्यौल उल्लेखित फिल्मले नै निकाल्ने छन् ।