मुम्बई(एजेन्सी) । बलिउड अभिनेता फरहान अख्तरलाई निकै सोझा कलाकारका रुपमा चिन्ने गरिन्छ । उनले चोरी, डकैती, हत्या र बलात्कार जस्ता जघन्य अपराध गरेको समाचार हालसम्म कतै आएको छैन । स्वच्छ छवि भएका यी फरहान यतिबेला भने हत्याको आरोपमा जेलको चिसो छिडीमा बस्न बाध्य भएका छन् ।
वास्तवमा फरहान रियल जीवनमा जेल परेका हैनन् । न त उनले कुनै हत्या नै गरेका छन् । उनी आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएर फिल्म ‘लखनऊ सेन्ट्रल’मा एक जेलमा परेका हुन् । फिल्ममा उनी यूपीका एक युवाको भूमिका निभाउँदैछन् । हालै मात्र फिल्मका मेकर्सले फिल्मको फष्टलुक अनावरण गर्दै उनको भूमिकाबारे सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।
फष्टलुकमा फरहान जेलमा बन्दी छन् र आफ्नो हातमा एक बोर्ड लिएर उभिएका छन् । जसमा उनको कैदी नम्बर लेखिएको छ । फरहानले फोटोको क्याप्सनमा ‘यी हुन् किशन मोहन गिरहोत्रा, जेलमा यिनलाई १८२१को नामले बोलाइन्छ’ भन्ने लेखेका छन् ।
फरहानले यो फिल्ममा किशन मोहन गिरहोत्राको भूमिका निभाएका छन् । जो मुरादाबादबाट आएका एक साधारण व्यक्ति हुन्छन् । जसको सपना गायक बन्ने हुन्छ । फिल्ममा ट्वीस्ट त्यो बेला आउँछ, जब किशनमाथि हाइ प्रोफाइल हत्याको आरोप लाग्छ । अनि उनलाई लखनऊ सेन्ट्रल जेलमा पु¥याइन्छ । यो जेललाई भारतकै खतरनाक जेल मानिन्छ ।
यो फिल्मको कथा किशनको ‘किशन निर्दोष है’ आन्दोलनमा आधारित छ । यो कथा कोर्टको फैसलामा आधारित छ । जसमा किशनलाई जेलमा राख्न आवश्यक छ या उसलाई मुक्त गर्नुपर्छ भनने विषयमा छ । रन्जीत तिवारी निर्देशित फिल्ममा फरहानका अलावा डायना पेन्टी, गिप्पी ग्रेवाल, दीपक डोब्रियल, रोनीत रोय, रवि किशन र राजेश शर्मा प्रमुख भूमिकामा छन् ।