आना शर्मा चार बर्ष पहिले जस्तो रिलिज फिल्म ‘जेरी’ बाट नेपाली फिल्म क्षेत्रमा संभावना बोकेर उदाएको एउटा नाम हो । तर यी सुन्दरी पहिलो फिल्म रिलिजको लामो समयसम्म पर्दामा पुनरागमन गरिनन् । डेब्यू फिल्मबाट राम्रै चर्चा पाउँदा पनि उनी अभिनयमा नआउँदा अनेकन अड्कलबाजी पनि सुरु भएको थियो । अब भने आना पर्दामा पुनरागमन गरेकी छिन्, करियरको दोश्रो फिल्म लिएर ।
‘जेरी’ निर्देशक हेमराज बिसीकै एक्शन कटमा ‘ग्याङ्गस्टर ब्लूज’की लिड अभिनेत्री हुन् आना । यो फिल्ममा आशिरमान देशराज श्रेष्ठसँग स्कृन सेयर गरेकी आनालाई भदौ २ रिलिज फिल्मको यसअघि सार्वजनिक गीत संगीत तथा ट्रेलरबाट नै तारिफ मिलेको छ, धेरै फ्यान तथा सुभचिन्तकहरुले ‘अवेटेड’ प्रतिक्रिया दिएका छन् ।
कोरिएन लुक्स अनि आकर्षक जिउडाल सँगसँगै सशक्त अभिनय कला बोकेकी आनाको जोडी जेरीमा अनमोल केसीसँगको भन्दा कम जमेको आँकलन आशिरमानसँग पनि गरिएको छैन् । राजधानीमा केहि हप्ता पहिले आयोजित कार्यक्रममा पनि आनाले अनमोल र आशिरलाई जोडेर तुलना नगर्न आग्रह गरेकी थिईन् ।
पहिलो फिल्मबाट नै उदाउँदो नक्षत्रको संज्ञा पाएकी आनाले दोश्रो फिल्मबाट पनि दर्शकलाई न्याय गर्ने आशा धेरैमा छ । सरोज न्यौपाने निर्मित फिल्मले रिलिज पहिले नै बनाएको एक प्रकारको क्रेज अनि गीत र ट्रेलरले पाएको प्रतिक्रियाले फिल्मले फिल्मप्रति आशाका धेरै ठाउँ रहे पनि आनाको कमब्याक कस्तो छ, त्यो भने रिलिज पछि नै पक्का खुल्नेछ ।