भदौ २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ग्याङस्टार ब्लूज’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। ट्रेलर र गीत रिलिज पश्चात फिल्मको फस्टलुक पोष्टर रिलिज गरिएको हो। पोष्टरमा फिल्मका मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्मा भागिरहेको देख्न सकिन्छ।
हेमराज बिसिको निर्देशनमा तयार भएको फिल्मका निर्माता सरोज न्यौपाने हुन्। फिल्ममा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि लगायतको अभिनय छ।
यसै फिल्मबाट फिल्म नगरीमा डेब्यु गर्न लागेका नायक आशिरमानलाई फिल्म क्षेत्रमा सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ।