मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ले विश्वव्यापी रुपमा चर्चासँगै पैसा पनि उत्कृष्ट रुपमा कमायो । यो कुरालाई नजिकबाट देखेका बलिउड मूलधारका निर्माताहरुले हिन्दी भाषामा यस्तै कथामा फिल्म बनाउने भएका छन् ।
समाचार अनुसार यशराज फिल्मस्को व्यानरमा यस्तै खालको फिल्म बनाउने तयारी भइरहेको छ । यो फिल्ममा बाहुबलीको जस्तै भूमिकामा अभिनय गराउनका लागि बलिउडका किंग खान शाहरुख खानलाई भूमिका दिइनेछ । यशराज फिल्मस् र आदित्य चोपडा मिलेर बनाउन लागेको यो फिल्मको काम डिसेम्बरबाट शुरु हुनेछ ।
‘बाहुबली २’को हिन्दी भर्सनले बक्स अफिसमा रेकर्डको कमाई गरेको थियो । यो फिल्मको हिन्दी भाषामा रिलिज गर्ने जिमेवारी करण जोहारको धर्मा प्रोडक्सनले पाएको थियो ।