मुम्बई(एजेन्सी) । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्ममा जतिसुकै ठूला स्टारका अगाडि पनि आफ्नो दमदार अभिनय देखाएर सबैको मन जितिसकेका छन् । उनको कामको जोकोहीले पनि सराहना नै गर्छन् । उनको काममा अरुलाई चकित पार्ने किसिमको कला छ ।
बलिउडमा आफ्नै किसिमको संघर्ष गरेर एउटा परिचय बनाएका नवाजुद्दिन अब चाँडै नै पुस्तक लेखक बनेर पाठकमाझ आउँदैछन् ।
आफुलाई हरेक व्यक्तिले आफ्नो करियरको बारेमा सोधिरहँदा ती व्यक्तिको जिज्ञासालाई मेटाउन उनले आत्मकथा ल्याउन लागेका हुन् । ‘द इन्क्रेडबल लाइफ अफ द ड्रामा किङ अफ इन्डिया’ नाम रहने पुस्तकलाई पत्रकार रितुपर्णा चटर्जीले नवाजुद्दिनसँग कुराकानी गरेर लेखेकी हुन् । नवाजको यो किताबमा उनको कठिन समयको यात्रालाई विशेष प्राथमिकता दिइएको छ ।
‘हामीले करिब दुई वर्षदेखि किताबको काम शुरु गरेका थियौं । म गाउँमा हुन्थें । त्यो बेलादेखि मेरो अभिनय यात्राको सम्पूर्ण जीवन पुस्तकमा पढ्न पाइनेछ । अब दुई महिनामा किताब पाठकको हातमा पर्नेछ ।’ उनले भनेका छन् ।
उनले अगाडि भनेका छन्,‘कसैलाई पनि मेो बाल्यकालको बारेमा थाहा थिएन । एक किसानको छोराले आफ्नो संयुक्त परिवारबाट बाहिर निस्किएर फिल्म उद्योगमा नाम बनाउनु आफैमा मुस्किलको कुरा थियो । मेरा आमाबुवा र पुरा गाउँका मानिसले मलाई यो स्थानमा पु¥याउन कति ठूलो योगदान दिएका छन् भन्ने कुरा पुस्तकमा हुनेछ ।’