साउन २७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘संरक्षण’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ। अब यो फिल्मलाई १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नु पर्नेछ। मधेश राजनीतिको विषयबस्तुमा बनेको यो फिल्मका कुनै पनि दृश्य हटाइएका छैनन्। केहि शब्दहरुमा भने म्युट गर्नु पर्ने सेन्सर बोर्डको आदेश छ।
पुर्णेन्दु झा निर्देशित फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय छ। फिल्ममा प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाह लगायतको पनि लगानी छ।