नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा यो पर्वसँग जोडिएर बाहिर आउने गीत संगीतहरु यतिबेला चर्चामा छन् । तीज पर्वको नाममा विकृति भित्रिने किसिमका गीतहरु बाहिर आउन थालेको भन्दै यसको विरोध पनि सामाजिक सञ्जालमा उत्तिकै चलिरहेको छ । यो बीचमा गायक गोपाल नेपालले भने सन्देशमुलक शब्दले भरिएको कमेडी जनराको नयाँ गीत लिएर दर्शकमाझ आएका छन् ।
‘कट्टुमा बुट्टा’ बोल समावेश रहे पनि गीतले भन्न खोजेका शब्दहरु सांकेतिक छन् । जसले पछिल्लो समय नारिको गहना मानिने साडी चोलो को प्रयोगमा कमि आउँदै गर्दा त्यसलाई व्याङ्ग्यात्मक प्रहार गर्दै गीतका शब्दहरु बुनिएका छन् । उक्त गीतमा गोपाललाई स्वरमा साथ पुर्णकला बिसीले दिएकी छिन् ।
युट्युवमा रिलिज उक्त गीतमा शब्द संगीत शंकर चालिसेको छ भने हट मोडल पार्वती राईसँग नरेश एमसीले कम्मर मर्काएका छन् । राजेश घिमिरेले खिचेको उक्त गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका छन्, सम्पादन नविन घर्ती मगरको छ । आशिष म्युजिक प्रालीको तर्फबाट बाहिर आएको उक्त गीतले दर्शकको मन जित्ने तथा यो बर्षको तीजमा नारीहरुलाई कम्मर मर्काउन राम्रो खुराक बन्ने गायक गोपालले विश्वास पोखे ।
हेर्नुहोस गीतः