अघिल्लो वर्ष प्रदर्शनमा आएको सफल फिल्म ‘छक्का पन्जा’ले फेरी अर्को रेकर्ड राख्न सफल भएको छ। दिपाश्री निरौला निर्देशित सुपरहिट फिल्म ‘छक्का पन्जा’ले युट्युबमा एक करोड भ्युज पार गर्दै नँया रेकर्ड कायम गरेको हो। ‘छक्का पन्जा’ नै नेपाली फिल्म जगतको पहिलो फिल्म बन्यो, जसलाई दर्शकले युट्युबमा एक करोड बढी पटक हेरे।
हलमा सय दिन पार गरेको फिल्मले १७ करोडको व्यापार गरेको थियो। फिल्मको गीतसंगीतले पनि खुबै चर्चा कमायो। फिल्ममा समावेश गीत ‘पुर्व पश्चिम रेल’ले पनि एक करोड भ्युज पार गरेको थियो। गीतसंगीत जस्तै फिल्म ‘छक्का पन्जा’लाई पनि युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ। युट्युबमा करोड पटक हेरिएको उक्त फिल्मले ५२ हजार भन्दा बढी लाइक र ७ हजार भन्दा बढी डिसलाइक पाएको छ।
आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको फिल्म ‘छक्का पन्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, वुद्धि तामाङ लगायतको अभिनय रहेको थियो ।